लघुवित्त समुहमा झुम्मिए लगानीकर्ता, गोर्खाज फाइनान्सको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 03:15:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयर बजार परिसूचक नेप्से १.८५ अंकले घटेको छ । आज नेप्से सूचक १.८५ अंकले घटेर २०१०.२१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३१२ कम्पनीका ६१ लाख ३१ हजार ६ सय २१ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५ रुपैयाँ ४० पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक १४ करोड ९८ लाखको कारोबार भएको छ । त्यस्तै सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख तथा तारागाउँ रिजेन्सी होटेलको ७ करोड ४८ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये गुराँस लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने गणपति लघुवित्तको शेयर मूल्य ९.९५ प्रतिशत बढेको छ । त्यस्तै उपकर लघुवित्तको शेयर मूल्य ८.६४ प्रतिशत तथा विन नेपाल लघुवित्तको शेयर मूल्य ६.९४ प्रतिशत बढेको छ ।

आज ज्योति विकास बैंक बोन्डको शेयर मूल्य सर्वाधिक ७.५० प्रतिशत घटेको छ । त्यस्तै मनकामना इन्जिनियरिंग हाइड्रोको शेयर मूल्य ५.२८ प्रतिशत, तारागाउँ रिजेन्सी होटेलको शेयर मूल्य ४.९४ प्रतिशत तथा माया खोला हाइड्रोको शेयर मूल्य ४.२६ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये लघुवित्त समुहको समुहगत सूचक सर्वाधिक १.८९ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका ५१ लघुवित्त मध्ये ४९ लघुवित्तको मूल्य बढेको छ भने २ लघुवित्तको मूल्य घटेको छ ।

आज कारोबारमा आएका कम्पनी मध्ये १२७ कम्पनीको मूल्य घटेको छ भने १०९ कम्पनीको मूल्य बढेको छ ।   ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved