नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 05:41:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सम्पन्न गरेको छ । यो बैंकको ३७ औ साधारणसभा हो । 

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०८० मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गरेको छ।

 बैंकको सहायक कम्पनी "एनआइएमबि एस क्यापिटल लिमिटेड" र "एनआइएमबि स्टक मार्केट्स लिमिटेड” समेतको आ.व. २०७९/०८० को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण साधारणसभाले स्वीकृत गरेको छ। साधारणसभाले कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८० / ०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश मुताविक लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियूक्तिको शर्त तोक्ने प्रस्ताव पनि पारित गरेको छ । सर्वाेच्च अदालतको निर्णयलार्ई अनुपालन गर्दै संचालकहरूको निर्वाचन हाललाई स्थगित गरिएको बैंकले जनाएको छ  । 

विशेष प्रस्ताव अन्तर्गत साधारण सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक गर्न सञ्चालकसमितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ । 

बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंक ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको को गरी कूुल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले वृद्धि भई आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कूल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो । 

विगत केही वर्ष देखि नेपाल राष्ट्र बैँकले बैँकहरुको संख्या घटाउन लिएको मर्जर नीतिलाई समर्थन गर्दै आर्थिक वर्ष २०७९/८० मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई २०७९ पौष २७ गतेबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गरेको थियो । मर्जर पश्चात् बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोश ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । हाल बैंकले २९६ शाखा, २८२ एटिएम, १६ राजश्व संकलन काउन्टर सहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङ मापर्mत ३२ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved