
सुर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ५४ करोड छ ।