लघुवित्त समुहमा लगानीकर्ताको आकर्षण, लाभांश घोषणा गरेको सुर्यज्योति लाइफको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 03:17:39 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ३.४३ अंकले घटेर २००६.७८ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८ सय ३४ कित्ता शेयर खरिद बिक्रीबाट २ आर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँ ६७ पैसाको कारोबार भएको छ । जस मध्ये आज लाभांश घोषणा गरेको सुर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक २५ करोड ८० लाखको कारोबार भएको छ । त्यस्तै सर्वोत्तम सिमेन्टको १२ करोड ६७ लाख, गोर्खाज फाइनान्सको ११ करोड ७७ लाख, तथा शिवम सिमेन्टको ९ करोड ३ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये गुराँस लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने विन नेपाल लघुवित्तको शेयर मूल्य ९.९७ प्रतिशत बढेको छ । त्यस्तै मानुषी लघुवित्तको शेयर मूल्य ९.९१ प्रतिशत तथा गणपति लघुवित्तको शेयर मूल्य ८.३९ प्रतिशत बढेको छ ।

आज रिभर फल्स पावरको शेयर मूल्य सर्वाधिक ४.४० प्रतिशत घटेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मूल्य ४.०८ प्रतिशत घटेको छ ।बोटलर्स नेपाल तराई लिमिटेडको शेयर मूल्य ३.७६ प्रतिशत तथा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ३.५९ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये लघुवित्त समुह सर्वाधिक १.६५ प्रतिशत बढेको छ । आज कारोबारमा आएका लघुवित्त मध्ये ४५ कम्पनीको मूल्य बढेको छ भने ५ लघुवित्तको मूल्य घटेको छ । आज लघुवित्त समुह, म्युचुअल फण्ड समुह र जीवन बीमा समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् ।

आज कारोबारमा आएका मध्ये १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १०३ कम्पनीको मूल्य बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved