डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न, १७० करोड पुग्यो चुक्ता पुँजी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2024 | 01:29:54 PM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज २०८० चैत्र २५ गते आईतबार २२औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न गरेको छ । साधारण सभाले आ.ब. २०७९/८० को बार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३२ प्रतिसत नगद लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बोनस शेयर पश्चात यस संस्थाको चुक्ता पूँजी रु. १ अर्व ७० करोड ६१ लाख ९६ हजार पुगेको छ ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २२ औं वार्षिक साधारण सभामा आ.ब. २०७९/८० को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारेका थिए । साथै सभामा प्रमुख कार्याकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चलन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ७३ जिल्लामा १५६ शाखा कार्यालय मार्फत २ लाख ६६ हजार घर परिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved