८१ सालको पहिलो शेयर कारोबारको दिन लघुवित्त र फाइनान्समा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 03:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

२०८१ सालको पहिलो कारोबारको दिनमा शेयर बजार परिसूचक नेप्से २.३५ अंकले घटेको छ । आज आइतबार नेप्से सूचक २.३५ अंकले गह्टर २०२३.३५ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३२० कम्पनीका ७७ लाख ९५ हजार ३३ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२ रुपैयाँ ६२ पैसाको कारोबार भएको छ । जस मध्ये सानिमा मई हाइड्रोपावरको सर्वाधिक २१ करोड ४७ लाखको कारोबार भएको छ भने पोखरा फाइनान्सको ११ करोड ७ लाखको कारोबार भएको छ । त्यस्तै आज ङदी ग्रुप पावरको १० करोड ३८ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये श्रीजनशील लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने एनआईसी एशिया लघुवित्तको शेयर मूल्य ९.७२ प्रतिअशत, दोल्ती पावरको शेयर मूल्य ९.३५ प्रतिशत तथा राप्ती हाइड्रोको शेयर मूल्य ९.२३ प्रतिअशत बढेको छ ।

आज गुराँस लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । त्यस्तै हिमालयन ८०-२० म्युचुअल फण्डको इकाई मूल्य ४.४१ प्रतिशत, तेह्रथुम पावरको शेयर मूल्य ४.३८ प्रतिशत तथा तारागाउँ रिजेन्सी होटेलको शेयर मूल्य ३.९३ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये फाइनान्स समुह, हाइड्रोपावर समुह, लघुवित्त समुह र ट्रेडिङ समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज लघुवित्त समुह सर्वाधिक १.९१ प्रतिशत तथा फाइनान्स समुह १.०४ प्रतिशत बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved