९ महिनामा शेयर लगानीकर्ताले तिरे ३ अर्ब ७९ करोड पुँजीगत लाभकर, माघमा सबैभन्दा उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 04:59:14 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ मा शेयर लगानीकर्ताले ३ अर्ब ७९ करोड पुँजीगत लाभकर तिरेका छन् । २०८० साउनदेखि २०८० चैत्रसम्मको अवधिमा लगानीकर्ताले कुल ३ अर्ब ७९ करोड २ लाख ९८ हजार ४ सय ६८ रुपैयाँ १४ पैसा बराबरको पुँजीगत लाभकर तिरेका हुन् ।

चैत्र महिनामा मात्र लगानीकर्ताले ४८ करोड ३४ लाख ३९ हजार ५ सय ७५ रुपैयाँ ३० पैसा पुँजीगत लाभकर तिरेका छन् । जस मध्ये व्यक्तिगत तर्फको दिर्घकालीन लाभकर वापत ११ करोड १३ लाख, व्यक्तिगततर्फको अल्पकालीन लाभकर वापत २८ करोड ३७ लाख, र संस्थागत लाभकर वापत ८ करोड ८३ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर  संकलन भएको छ ।

चालु आर्थिक वर्षको ९ महिना मध्ये सबैभन्दा धेरै लाभकर माघ महिनामा संकलन भएको छ । माघमा लगानीकर्ताले ९७ करोड २० लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् । त्यस्तै पुसमा ७४ करोड ३९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । हालसम्म सबैभन्दा कम कार्तिक महिनामा लाभकर संकलन भएको छ । कार्तिकमा ८ करोड ४१ लाख रुपैयाँ लाभकर संकलन भएको छ । कार्तिकमा दशैँ र तिहारको सार्वजनिक विदाका कारण धेरै दिन शेयर कारोबार नहुँदा लाभकर संकलनमा पनि कमी आएको हो ।

हेर्नुस् कुन महिनामा कति लाभकर संकलन ?

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved