नयाँ वर्षको पहिलो कारोबारको दिन २२ वटा बीमा कम्पनीको शेयर मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 05:22:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ वर्षको महिलो शेयर कारोबारको दिन २२ वटा बीमा कम्पनीको शेयर मूल्य घटेको छ । नयाँ वर्षको पहिलो कारोबारको दिन आज आईतबार ११ निर्जीवन, १० जीवन र १ पुनर्बीमा कम्पनीको शेयर मूल्य घटेको हो । यसैगरी, १ निर्जीवन, २ जीवन र १ पुनर्बीमा गरि ४ वटा कम्पनीको शेयर मूल्य बढेको छ । 

मूल्य घट्नेहरुमा निर्जीवत तर्फ हिमलयन एभरेष्ट, आईजीआई प्रुडेन्सियल, नेपाल ईन्स्योरेन्स, नेको ईन्स्योरेन्स, एनएलजी, प्रभु ईन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा लुम्बिनी, सानिमा जीआईसी, शिखर ईन्स्योरेन्स र यूनाईटेड अजोड ईन्स्योरेन्स रहेका छन् ।  त्यसैगरी, जीवन तर्फ आज मूल्य घटेका कम्पनीहरुम एशियान लाईफ, सिटिजन लाईफ, हिमालयन लाईफ, आईएमई लाईफ, नेपाल लाईफ, नेशनल लाईफ, प्रभु महालक्ष्मी, रिलायबल लाईफ, सन नेपाल लाईफ र सानिमा रिलायन्स लाईफ रहेका छन् । पुनर्बीमा तर्फ नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य घटेको छ । 

बढ्नेहरुमा जीवन तर्फ लाईफ ईन्स्योरेन्स कम्पनी र सूर्यज्योति रहेका छन् । त्यसैगरी, निर्जीवन तर्फ सिद्दार्थ प्रिमियर ईन्स्योरेन्स र पुनर्बीमा तर्फ हिमालयन रि ईन्स्योरेन्सको शेयर मूल्य बढेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved