सोपान मल्टिपल कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 06:18:45 PM मा प्रकाशित

सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियममा मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको २०८१ वैशाख २२ गते हुन लागेको साधारणसभामा प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ। 

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गर्ने तयारी गरेको हो । हाल कम्पनीको प्रति शेयर नेट वर्थ ४५० रुपैयाँ माथी रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रु १.०६ अर्ब रहेको छ ।

 यो एक होल्डिङ कम्पनी हो। यस कम्पनीमा महतो समुहको प्रमुख लगानी रहेको छ । वि.सं. २०६५ सालमा डा. उपेन्द्र महतो, डा. बिरेन्द्र प्रसाद महतो, इ. रामेश्वर रिजाल, डा. इ. तारा प्रसाद पोखेल, जीवनाथ लामिछाने, राजेन्द्र मल्ल, इ. वसन्त चन्द्र मरहट्टा, नवराज पोखरेल, अशोक कुमार खड्का लगायतको नेतृत्व र सक्रियतामा यो कम्पनी स्थापना भएको हो। कम्पनीले शिक्षा, स्वास्थ्य, जलविद्युत र रियल स्टेट, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी बिस्तार गर्दै आएको छ ।

यस कम्पनीको मातहतमा कान्तिपुर ईन्जिनियरिङ्ग कलेज, एक्मी ईन्जिनियरिङ्ग कलेज, सोपान फर्मास्युटिकल्स लि., मोल्नीया पावर लि., मैलुङ्ग खोला जलबिद्युत कम्पनी लि., माथिल्लो मैलुङ्ग खोला जलबिद्युत कम्पनी लि., सोपान प्रोपर्टिज कम्पनी लि. रहेका छन्। सोपान मल्टिपलको लगानी रहेको मैलुङ्ग खोला जलबिद्युत कम्पनी र माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गरिसकेको छ भने सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशनको तयारीमा रहेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved