तीन संस्था प्राप्ती अघि सेन्चुरीको कमाई ६१ करोड,रिजर्भमा १ अर्ब बढी हुँदा लाभांश क्षमता कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 21, 2017 | 11:31:17 AM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरु मै कान्छो बैंकको रुपमा संचालनमा आएको सेन्चुरी कमर्शियल बैंकले सामान्य प्रगती गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याएर बाणिज्य बैंकमै 'टिक्न' साना वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्ती गरेको सेन्चुरीको जगेडा कोष मजबुत देखिएको छ भने उसको कमाईको आकार भने घटेको छ। 

बाणिज्य बैंक मध्ये सबै भन्दा ढिलो आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको सेन्चुरी बैंकले गत आर्थिक बर्ष ४४ करोड ७४ लाख ९९ हजार रुपैंया खुद नाफा कमाएको छ । बैंकले तीन वटा वित्तीय संस्था (अरनिको, इन्नोभेटिब डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्स) बाट गत आर्थिक बर्षको असार मसान्तसम्मको खुद मुनाफा १६ करोड ७८ लाख जगेडा कोषमा राखेको छ। यस आधारमा प्राप्ती अघि बैंकको खुद मुनाफा ६१ करोड ५३ लाख हुन आउँछ। 

सेन्चुरी बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अरनिङ ७ लाह ७५ हजार रहेको छ भने विभिन्न संस्थाहरु प्राप्ती गर्दा स्वापबाट १५ करोड ५५ लाख आम्दानी गरेको छ। त्यस्तै अवितरित हकप्रद लिलामी मार्फत बिक्री गर्दा करिब ५ करोड ७२ लाख प्रिमियम संकलन भएको छ। यस अवधिमा बैंकको जगेडा कोषमा १ अर्ब १८ करोड छ। 

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, प्रिमियम संकलनको रकमको आधारमा सेन्चुरी बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरिएको छ। बैंकसंग ९ प्रतिशत बोनस सेयर दिने क्षमता रहेको छ।   

अल्पाइन डेभलपमेन्ट तथा सेती फाइनान्सलाई समेत पुंजीकृत गर्दा बैंकको चुक्ता पुंजी ७ अर्ब ८६ करोड हुन आउँछ। ३ प्रतिशत बोनस सेयर बितरण गर्दा पनि बैंकको चुक्ता पुंजी ८ अर्ब १० करोड पुग्नेछ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved