ग्रामिण विकास लघुवित्तले आज बैशाख २७ गतेदेखि हकप्रद निष्काशन गरेको छ । कम्पनीले १:०.५ को अनुपातमा ५० प्रतिशतको दरले ३२ करोड ७५ लाख बराबरको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले माघ २९ गते हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गरेकोमा बोर्डले फागुन २९ गते अनुमति दिएको हो ।
हकप्रद शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले क्यापिटलको शाखाहरु, लघुवित्तको केन्द्रीय तथा क्षेत्रिय शाखाहरु , सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्ने छन् । लगानीकर्ताले हकप्रदमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको अहिलेको पूँजी ६५ करोड रहेको छ। यसमा कम्पनीले थप ५० प्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी बढेर ९८ करोड २५ लाख पुग्नेछ ।
यो पनि: