थ्री स्टार हाइड्रोको साधारणसभा आह्वान, हकप्रद निष्काशन विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2024 | 09:31:59 AM मा प्रकाशित

laxmi  sunrise bank

थ्री स्टार हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले वैशाख २३ गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नुहुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुति र सोलाई पारित गर्ने सम्बन्धमा ।

२. लेखापरीक्षण प्रतिवेदन र आ.व. २०७९/०८० को वार्षिक आर्थिक विवरण अन्तर्गत २०८० साल आषाढ मसान्तसम्मको वासलात, २०७९ साल श्रावण १ गतेदेखि २०८० साल आषाढ मसान्तसम्मको नाफा / नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचिहरु छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. आ.व. २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । 

४. सञ्चालक समितिको गठन गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव :

१. हकप्रद शेयर (Right Share) निष्काशन गर्ने सम्बन्धमा ।
२. उपयुक्त नयाँ आयोजनाहरुको पहिचान गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने सम्बन्धमा ।

३. सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी ( समूह "ख" ) को प्रतिनिधित्वको निम्ति २ जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved