सिर्जना फाइनान्सले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन २० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो ।
अब कम्पनीले १०:६ को अनुपातमा चुक्ता पूँजीको ६० प्रतिशतले हुन् आउने २४ लाख ४ हजार ८० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ रहेकोमा हकप्रद बिक्री पश्चात ६४ करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।