शनिबार बेलुकादेखि नै फेसबुक प्रयोगकर्ताहरुको प्रोफाइलमा एउटा भिडियो ट्याग भैरहेको छ । आइतबार बिहानैदेखि यो क्रम भाइरल भैरहेको छ । यसले धेरैको टाउको दुखाइरहेको छ ।
साथीकोबाट ट्याग भएको यो भिडियो क्लिक गर्ने बितिक्कै आफ्नो लिस्टमा भएका अन्य साथीलाई ट्याग हुने गरेको छ । यसले गर्दा धेरैले आफुले सो भिडियो पठाएको नभई अटोमेटिक ट्याग भएको जनाउ दिंदै स्टाटस राखेका छन् ।
के तपाईलाई पनि यस्तो समस्या आएको छ ? यदी त्यसो हो भने केही टिप्सहरु ख्याल राख्नुहोस ।
तपाइको साथीबाट आएको त्यस्तो भिडियोलाई क्लिक नगर्नुहोला । यो फेसबुकमा भेटिएको भाइरस हो, जसलाई ह्याकरहरुले विशेषगरी नेपाली प्रयोगकर्ताहरुको फेसबुकमा पठाईदिएका छन् ।
यसबाट जोगिन आफ्नो टाइमलाइनलाइ केहि समयका लागि अफ गर्ने र पासवर्ड परिवर्तन गर्नुपर्ने प्रविधिविज्ञहरुको सुझाव छ । आफुलाई जसको नामबाट ट्याग भएको छ उसलाई खबर गर्नुस । आफ्नो नामबाट कसैलाई ट्याग भएको भए आफुले नगरेको जनाउसहित क्लिक नगर्न जानकारी दिनुहोस ।
केहि महिना अघि आफैं अश्लील तस्विर पोष्ट हुने, ट्याग हुने जस्ता समस्या देखिएका थिए । यसबारे फेसबुकमा समेत थुप्रै रिपोर्टहरु परिसकेको बुझिएको छ । कृपया बिस्तारै सतर्कतासाथ् आफ्नो टाइमलाइनमा ट्याग भएको भिडियो हटाउनुहोस । हतारमा हटाउन खोज्दा क्लिक भयो भने त्यो अटोमेटिक तपाइको साथीकोमा ट्याग हुन् जान्छ ।