वाई वाई एभरेस्ट टि २० क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदै छ । यो घरेलु क्रिकेटको सबैभन्दा ठुलो ट्वेन्टी ट्वेन्टी प्रतियोगिता हो । प्रतियोगितामा बिशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, जगदम्बा राइनोज, पन्चकन्या तेज, कान्तिपुर गोर्खाज र सगरमाथा लेजेन्डस गरी ६ टिमको सहभागीता रहने छ।
आजको उद्घाटन खेलमा कान्तिपुर गुर्खाज र बिशाल वारियार्स भिड्दै छन् । खेलको कान्तिपुर गोल्डले प्रत्यक्ष प्रसारण गर्ने छ भने ईएसपीएन क्रिस इन्फोले टेक्स्ट कमेन्ट्रि गर्ने छ । साथै नेपाली क्रिकेट समर्थक समाजको ट्वीटरबाट पनि स्कोर लाइभ अपडेट हुने समाजले जनाएको छ ।
यस्ता छन् खेलाडीहरु र टिम ।
कान्तिपुर गोर्खाज (सामसोन थापा-प्रशिक्षक)
बसन्त रेग्मी कप्तान, सुवास खकुरेल, अन्तिम थापा, प्रदीप ऐरी, सन्तोष भट्ट, सन्दीप जोहरा, आकाश विष्ट, प्रज्वल शाही, कृष्ण कार्की, आकाश गुप्ता, ललित सिंह भण्डारी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, अनिल शाह ।
पञ्चकन्या तेज (कलाम अली-प्रशिक्षक)
शरद भेषावकर कप्तान, सन्नी पुन, निर्मल थापा, सुशील कँडेल, भुवन कार्की, करण केसी, आरिफ शेख, सन्जय श्रेष्ठ, सोनु तामाङ, पुष्प थापा, दिपेन्द्रसिंह ऐरी, पृथु बास्कोटा, जितेन्द्र मुखिया, कुशल भुर्तेल।
विशाल वारियर्स (महेश रिजाल-प्रशिक्षक)
पारस खड्का कप्तान, राजु रिजाल, सागर पुन, परेश लोहनी, मन्जित श्रेष्ठ, दीपेश खत्री, प्रकाश केसी, सुसन भारी, रामनरेश गिरी, इर्शाद अहेमद, यज्ञमान कुमाल, सुरज प्रसाद कुर्म, दीपेश श्रेष्ठ, नुरध्वज सेन ।
कलरस एक्स फ्याक्टर (मन्जर अलाम-प्रशिक्षक)
ज्ञानेन्द्र मल्ल कप्तान, हिमांशु दत्त, सिद्धान्त लोहनी, राहुल प्रताप सिंह, राजेश पुलामी मगर, फैजल खान, हरिशंकर शाह, अमन सिंह राउटेला, अभिनाश कर्ण, सन्जम रेग्मी, नन्दन कुमार यादव, योगिन्दर सिंह कार्की, अरुण ऐरी, सन्जय बस्नेत ।
जगदम्बा राइनोज (नवीन सिंह-प्रशिक्षक)
शक्ति गौचन कप्तान, महेश क्षेत्री, सुबेन्दू पाण्डे, हसिम अन्सारी, भुपेन्द्र थापा, प्रेम तामाङ, अमित श्रेष्ठ, सोमपाल कामी, निजामुद्धिन हलवाई, शाह अलाम, शौरभ खनाल, गणेश पौडेल, पवन शराफ, विशाल सुनार ।
सगरमाथा लेजेण्ड्स (जगत टमाटा-प्रशिक्षक)
विनोद भण्डारी कप्तान, दीलिप नाथ, मेहवुव आलम, अनिल मण्डल, सुनिल धमला, राहुल विश्वकर्मा, विक्रम सोब, सन्दीप सुनार, चन्द्र सावद, शंकर राना, लालबहादुर अधिकारी, रुपेश श्रीवास्तव, निश्चल पाण्डे, अनुपम सिंह ।
टी २० फर्म्याटमा खेलाइले प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा खेलाइनेछ। हरेक टीमले कम्तीमा ५ खेल खेल्नेछन्। लिगपछि शीर्ष दुई स्थानमा रहने टीम बीच फाइनल खेल्ने छन्। लिगको फाइनल खेलका लागी भारतीय क्रिकेट टिमका पुर्व कप्तान अजय जडेजा नेपाल आउने भएका छन ।
प्रतियोगिताको कान्तिपुर गोल्डले प्रत्यक्ष प्रसारण गर्ने छ।
यस्तो छ खेल तालिका ।