पुषदेखि काठमाडौं र पोखरामा ‘फोर-जी’ ल्याउने टेलिकमको तयारि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2016 | 09:09:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गर्ने भएको छ। टेलिकमले आगामी पुषदेखि  पहिलो चरणमा काठमान्डौ र पोखराबाट फोरजी मोबाइल सेवा संचालनमा ल्याउने भएको छ। 

फोरजी सेवा संचालनमा ल्याउनका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गर्दै मंसिर ३० भित्र सेवा सुरु गर्ने जनाएको छ। 

टेलिकमले सोमबार फोरजी सञ्चालनसम्बन्धी कार्ययोजना पेस गरेको गरेको जानकारी दिदै प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘योजनामा मंसिर ३० बाट सेवा सुरु गर्ने उल्लेख छ ।’

फोरजी सेवामा इन्टरनेटको गति ३० मेगाबाइट्स प्रति सेकेन्ड (एमबीपीएस) चलाउन सकिने प्रस्ताव गरिएको छ। फोरजीमा उच्च गतिको इन्टरनेट सुविधा हुने बताउदै टेलिकम प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘हामीले कार्ययोजनामा कम्तीमा ३० एमबीपीएस गतिको डाटा दिने उल्लेख गरेका छौं, कार्ययोजनामा तोकिएको समयभित्रै सेवा सुरु गर्न तयारी थालेका छौ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved