नेपाल टेलिकमको वाइम्याक्स सेवा आजबाट ७५ वटै जिल्लामा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2016 | 03:46:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आफ्नो वाईम्याक्स ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस अघि नै ७४ वटा जिल्लामा वाइम्यक्स  सेवाको पहुँच विस्तार गरिसकेको टेलिकमले आज कार्तिक ७ देखि हुम्ला जिल्लामा समेत यो सेवाको विस्तार गरेपछि ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको हो ।


नेपाल टेलिकमले २०६९ चैत्र १४ गते देखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलवाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याई त्यसपछि क्रमशः बाँकि अन्य दुर्गम तथा अति विकट जिल्लाहरुमा विस्तार गरेको हो ।


वाईम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवाहरु मध्ये सबैभन्दा आधुनिक फो जी  प्रविधिको इन्टरनेट सेवा हो । उपभोक्ताले यो प्रविधिमार्फत इन्टरनेट चलाउनका लागि CPE (Customer Premises Equipment) खरिद गर्नुपर्छ । यो उपकरण Outdoor, Indoor र USB Dongle गरी तीन किसिमको हुन्छ ।

Outdoor Device ले टावर (Base Station) देखि १५ किलोमिटर, Indoor Device ले ५ किलोमिटर र USB Dongle ले २ किलोमिटर टाढासम्मको Signal लिई इन्टरनेट चलाउन सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved