वैदेशीक रोजगारीमा जानेलाई डलर सटहीमा कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 06:36:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई समय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ । 

बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ । 

बैंकले बैंकिङ कार्यालयलगायत सम्पूर्ण कार्यालय, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था तथा इजाजत प्राप्त संस्थालाई उक्त निर्देशन दिएको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved