पत्रकारद्वय स्व.श्री सञ्जय न्यौपाने तथा स्व.श्री कर्ण बोहरालाईप्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2016 | 01:49:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रेस काउन्सिल नेपाल र सानिमा बैंक लिमिटेडको सहकार्यमा स्थापित प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार –२०७३ पत्रकारद्वय स्व.श्री सञ्जय न्यौपाने तथा स्व.श्री कर्ण बोहरालाई प्रदान गरिएको छ।

नेपाली पत्रकारिताको विकासका साथै व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक परिवर्तनमा पुर्याएको महत्त्वपूर्ण योगदाङको उच्च कदर गर्दै उनीहरुलाई मरणोपरान्त संयुक्त रुपमा प्रदान गरिएको हो। सानिमा बैंकद्वारा प्रायोजित प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशी रु. पाँच लाख रहेको छ ।

यस पुरस्कार यही २०७३ पौष ५ गते मंगलबार, राष्ट्रपति भवन, शीतलनिवासमा आयोजीत एक समारोहमा सूचना तथा सञ्चार मन्त्री मा. सुरेन्द्रकुमार कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्की तथा बैंकका ब्रान्ड प्रबधकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल सहितको समुपस्थितिमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट स–सम्मान प्रदान गरिएको थियो । दुवै पत्रकारका परिवारलाई संयुत रुपमा यो पुरस्कार प्रदान गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved