नेपाल टेलिकमले आज पुस १७ गते आइतबार देखि फोर जी’ एलटीई सेवाको शुभारम्भ गरेको छ । फोरजी थ्रिजीको परिष्कृत चौथो पुस्ताको ताररहित मोबाइल दुरसञ्चार प्रविधि हो। कम्पनीले आज पोखरा र काठमाडौंबाट यो सेवा सुरु गरेको हो।
नेपालमा आजबाट टेलिकमले सुरु गरेको फोरजी प्रविधिमा भने हाललाई ३२.४ एमबिपिएस गतिमा इन्टरनेट चलाउन सकिने र यो गतिलाई ८० एमबिसम्म पुर्याउने कम्पनीको लक्ष्य छ ।
हाल पोष्टपेड प्रयोगकर्ताहरुलेमात्र यो सेवा प्रयोग गर्न पाउने छन्। प्रिपेड प्रयोगकर्ताहरुले भने यो सेवा प्रयोग गर्न माघ २२ सम्म कुर्नु पर्ने छ।
तर सबै सिममा भने यो सेवा उपलब्ध भने हुने छैन । टेलिकमका चार वर्षभन्दा अगाडि वितरण भएको सिमकार्डमा फोरजी सेवा चल्ने छैन । तर त्यही नम्बरको अपग्रेड सिम कम्पनीले उपलब्ध गराउने छ ।
यो सेवा चल्ने नचल्ने थाहा पाउन *444# डायल गर्नु पर्ने छ । अपग्रेड गर्नुपर्ने रहेछ भने मोबाइलमा सन्देश आउँनेछ ।
पोस्टपेड प्रयोगकर्ताको लागि कम्पनीले प्रमोशनल अफर अन्तर्गत अहिले ४ जीबी डाटा निशुल्क प्रदान गर्ने छ । फोरजी सुचारु भएपछि पोस्टपेड प्रयोगकर्ताले प्रतिदिन १ जीबीका दरले ४ दिनसम्म निशुल्क प्राप्त गर्ने छन् । प्रति दिन १ जीबी भन्दा बढ़ीको डाटा चलाएमा थप शुल्क लाग्ने छ । जुन थ्रि जी प्रयोग गर्न लाग्ने शुल्क बराबर हो ।
यो अफर प्राप्त गर्न जनवरी ३१ सम्म सेवा लिई सक्नु पर्ने छ ।
कुन कुन मोडलमा चल्छ फोर जी ?
आईफोन ५
आईफोन ५ सी
आईफोन ५ एस
सामसुङ ग्यालेक्सी जे फाएभ(२०१६)
सामसुङ ग्यालेक्सी जे सेभेन (२०१६)
सामसुङ ग्यालेक्सी ए फाएभ(ं२०१६)
सामसुङ ग्यालेक्सी ए सेभेन(२०१६)
सामसुङ ग्यालेक्सी एस सिक्स फल्याट
सामसुङ ग्यालेक्सी एस सिक्स एज
सामसुङ ग्यालेक्सी एस सेभेन फ्ल्याट
सामसुङ ग्यालेक्सी एस सेभेन एज
सामसुङ ग्यालेक्सी जे टु (२०१६)
सामसुङ ग्यालेक्सी जेथ्री
सामसुङ ग्यालेक्सी जे म्याक्स ट्याब
सामसुङ ग्यालेक्सी नोट फाएभ ड्ओस्
सामसुङ ग्यालेक्सी जे फाएभ प्राइम
सामसुङ ग्यालेक्सी जे सेभेन प्राइम
हुवावे वाइ ६ प्रो
हुवावे जिआर थ्रि
हुवावे वाइ सिक्स सिडिएमए
हुवावे वाइ सिक्स टु
हुवावे अनर फोर एक्स
हुवावे जीआर फाइभ
हुवावे जीआर फाइभ मिनी
हुवावे पि एट लाइट
हुवावे जि सेभेन प्लस
माइक्रोम्याक्स हुवावे पि नाइन
माइक्रोम्याक्स हुवावे मेट एट
माइक्रोम्याक्स क्यानभास सिक्स
माइक्रोम्याक्स क्यानभास फाइभ
माइक्रोम्याक्स क्यानभास युनाइट फोर प्रो
माइक्रोम्याक्स क्यानभास पल्स
माइक्रोम्याक्स क्यानभास एक्सप्रेस
माइक्रोम्याक्स क्यानभास फाइभ लाइट
माइक्रोम्याक्स क्यानभास सेल्फी
जियोनी एम फाइभ लाइट
जियोनी एस सिक्स एस
जियोनी एस सिक्स
जियोनी एम फाइभ प्लस
सायोमी एमवन म्याक्स
सायोमी रेडमी थ्री एस
सायोमी रेडमी थ्री प्रो
सायोमी रेडमी नोट थ्री
सायोमी रेडमी नोट टु
सायोमी रेडमी टु प्रो
सायोमी एमवन फाइभ
इन्टेक्स अक्वा क्रेज
इन्टेक्स अक्वा ज्वेल
इन्टेक्स अक्वा एस मिनी
इन्टेक्स अक्वा एस टु
इन्टेक्स अक्वा भ्यु
जेटटिइ ब्लेड भि सेभेन लाइट
जेटटिइ ब्लेड ए ६१०
जेटटिइ ब्लेड एस सेभेन
जेटटिइ ब्लेड एस सिक्स
जेटटिइ ब्लेड डि थ्री
जेटटिइ ब्लेड डि टु
सोनी एक्सपेरिया एक्स
सोनी एक्सपेरिया एक्स ए
सोनी एक्सपेरिया एक्स ए अल्ट्रा
सोनी एक्सपेरिया जेड फाइभ डुअल
सोनी एक्सपेरिया जेड थ्री कमप्याम्ट
सोनी एक्सपेरिया एम फाइभ डुअल
सोनी एक्सपेरिया सी फोर डुअल
एचटिसी डिजाएर ६२७ एलटिई
एचटिसी डिजाएर ७२८
एचटिसी डिजाएर ६३०
एचटिसी डिजाएर ६२८
एचटिसी डिजाएर ८३०
लाभा ग्रयान्ड टु
लाभा आएरिस ८७०
कर्लस पल् ब्ल्याक के थ्री
कर्लस इलाइट इ२०
ओप्पो एफवन एस
ओप्पो ए थर्टीसेभेन
पानासोनिक एलुगा ए टु
पानासोनिक एलुगा आर्क
पानासोनिक एलुगा आर्क टु
पानासोनिक एलुगा आई टु
पानासोनिक एलुगा आई थ्री
पानासोनिक एलुगा नोट
मेजु एमथ्री एस
मेजु एम थ्री नोट
वन प्लस यक्स
वन प्लस टु
वन प्लस थ्री
माइक्रोसफट लुमिया ६५०