बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले प्रदान गर्ने बिभिन्न ८ उपधिहरुको घोषणा आज हुदै छ । आज फिफाले स्विजरल्याण्डको ज्युरिकमा एक कार्यक्रमका बिच फिफाको बहु प्रतिक्षित ८ उपाधिहरुको घोषणा आज गर्न लागेको हो ।
आज फिफाले निम्न उपाधि बिजेताको घोषणा गर्न लागेको हो ।
- The Best Fifa Men's Player (फिफा उत्कृष्ट पुरुष खेलाडी)
- The Best Fifa Women's Player (फिफा उत्कृष्ट महिला खेलाडी)
- The Best Fifa Men's Coach (फिफा उत्कृष्ट पुरुष टोली प्रशिक्षक)
- The Best Fifa Women's Coach (फिफा उत्कृष्ट महिला टोली प्रशिक्षक)
- The Fifa Fair Play Award (फिफा उत्कृष्ट अनुशासित खेल उपाधि)
- The Fifa Puskás Award (फिफा उत्कृष्ट गोलकर्ता उपाधि)
- The Fifa Fan Award (फिफा उत्कृष्ट समर्थक उपाधि )
- Fifa Fifpro World11 (फिफाका उत्कृष्ट ११ खेलाडी)
फिफाले आज ८ उपाधिको घोषणा गर्ने भएपनी सबैको ध्यान भने 'बेस्ट फिफा मेन्स प्लेयर'मा छ । फिफाले गत बर्षसम्म फ्रेन्च फुटबलसंगको सहकार्यमा यो उपाधिलाई 'फिफा बालोन डी’ओरअवार्ड'को नामबाट प्रदान गर्दै आएको थियो। तर फ्रेन्च फुटबलसंगको सहकार्य टुटेपछि फिफा आफैले यो उपाधि दिन लागेको हो । फ्रेन्च फुटबलले भने यस बर्षको बालोन डि’ओर अवार्ड पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राइकर रोनाल्डोलाई प्रदान गरिसकेको छ ।
फिफा अवार्डमा पनि रोनाल्डो नै प्रमुख दाबेदार छन् । उनले गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउनुका साथै यस वर्ष पोर्चुगललाई युरो कपको उपाधि पनि जिताएका थिए। रोनाल्डो संगै अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सी र फ्रान्स तथा एथलेटिको म्याड्रिडका स्ट्राइकर एन्टोनियो ग्रिज्म्यान छन् ।
बालोन डी’ओरमा युरोपका खेल पत्रकारले मात्र भोट गरेका थिए । फिफाको आज हुने अवार्डको लागि भने २५ प्रतिशत भोट अनलाईन बाट संकलन गरिएको छ । त्यस्तै अर्को २५ प्रतिशत खेल पत्रकारहरुबाट, अर्को २५ प्रतिशत राष्ट्रिय टिमका प्रशिक्षकबाट र बाँकि २५ प्रतिशत राष्ट्रिय टिमका कप्तानको मत लिईएको छ । यसरी संकलन गरिएको भोटको आधारमा आजको बिजेता घोषणा हुने छ ।
पुरुष प्रशिक्षकको लागि पहिलो पटक प्रिमियर लिग जितेको लेस्टर सिटीका प्रशिक्षक, युरो कप बिजेता पोर्चुगलका प्रशिक्षक र च्याम्पियन्स लिग जितेको रियल म्याड्रिडका प्रशिक्षक दाबेदार छन् ।
फिफा पुस्कास अवार्ड उत्कृष्ट गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ भने फिफ्प्रो उपाधि बर्ष टोली अर्थात् ११ खेलाडी सम्मिलित टोली घोषणा गरेर दिईन्छ । त्यसमा जुनसुकै क्लब वा देशका खेलाडी पर्न सक्छन ।
समारोह नेपाली समय अनुसार राती ११: १५ बजे सुरु हुनेछ र फिफाको युट्युब च्यानल https://www.youtube.com/user/FIFATV मा लाइभ हेर्न सकिने छ ।