युरोपियन डिजाइनका तिसा गोल्ड तथा ब्लिङ्ग ज्वेलरी नेपाली बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2017 | 07:21:47 AM मा प्रकाशित

laxmi  sunrise bank

तिसा जेवेल्सले तिसा गोल्ड तथा ‘ब्लिङ्ग’ ज्वेलरी नेपाली बजारमा ल्याएको छ। राजधानीमा आयोजित एक विशेष कार्यक्रमबीच उक्त ब्रान्डका सुन तथा हिराका गहनाको शुभारम्भ गरिएको हो।

हिराका गहनाको स्थापित नाम तिसा जेवेल्सले विभिन्न हिरा सम्बन्धी ज्ञान र यसमा भएका विशेषताहरु कट, कलर, क्लारिटी, क्यारेटको बारेमा पनि सम्पूर्ण ग्राहकलाई सुसूचित गराउँदै अन्तराष्ट्रियस्तरकै डिजाइन उपलव्ध गराउने प्रतिबद्धता जनाएको छ। 

युरोपियन डिजाइनका गहनाहरु स्वचालित प्रविधिबाट उत्पादन गरी नेपाली बजारमा पहुँच विस्तार गरिने तिसा जेवेल्सले जनाएको छ। नेपाली बजारमा अहिलेको माग र ग्राहकहरुको रुचिको ख्याल गर्दै गहनाहरु उत्पादन गरिने तिसा ज्वेल्सले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार प्रमुख अतिथि रहेको सो कार्यक्रममा विभिन्न व्यवसायी तथा पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो।  तिसा ज्वेल्सका हाल ५० वटा शाखा पसलहरु संचालनमा रहेको बताइएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved