सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डलर क्रेडिट कार्ड प्रयोगमा ल्याएको छ । योकार्ड भिषा कार्ड स्विकृत हुने भारत र भुटान बाहेक विश्वका सम्पूर्ण एटिम तथा पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिनेछ ।
चिप प्रविधिमा आधारित र विश्वमानै बढी स्विकृत हुने योकार्डबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोवार गर्न सक्नेछन । यो कार्ड बिदेश भ्रमणको लागि जाने ग्राहकहरुका लागि निकै लाभदायक हुने बैंकले जनाएको छ ।