एशियन लाईफ इन्स्योरेन्सको साधारण सभाले के के गर्यो ? यस्ता छन् पारीत प्रस्ताव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 31, 2017 | 02:14:54 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्स कं.लि. को आठौं तथा नवौं वार्षिक साधारण सभा  सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्री बिजय कुमार सरावगीले आ.व.२०७१।०७२ र आ.व.२०७२।०७३ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । 


 आ.व.२०७२।०७३ मा रहेको वाँडफाँड योग्य खुद मुनाफा मध्ये लाग्ने कर कट्टा गरी बाकी रु.१३,४२,६५,५४०। बराबरको रकम लाभांशको रुपमा बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ । साथै बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी रु.८०,५५,९२,४००।–पुग्ने कम्पनीले जनाएको छ । 


बोनस शेयर वितरण पश्चात हुने कम्पनीको चुक्ता पूँजीको २ बराबर १ को अनुपातमा हकप्रद शेयर समेत जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको  छ । हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रु.१ अरब बीस करोड ८३ लाख ८८ हजार ६ सय बराबर पुग्नेछ । बीमा समितिको पछिल्लो निर्देशन बमोजिम जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पुँजी रु.५० करोड कायम गर्नु पर्ने प्रावधान रहेको छ ।


साधारण सभाले संस्थापक शेयरधनी समूह“क” बाट  ५ जना संचालकहरुमा बिजय कुमार सरावगी,  दिनेशलाल श्रेष्ठ, सुशान्त चाचान, दीपक कुमार श्रेष्ठ र  सुरेन्द्र गोयल तथा सर्बसाधारण शेयरधनी समूह“ख”बाट  रबीकुमार गुप्ता र  सौरभ रुगंटा लाई आगामी चार वर्षको लागि संचालक पदमा निर्विरोध निर्वाचित गरेकोछ ।


कम्पनीले स्थापनाको करिब ९ वर्ष सम्म को अवधिमा अर्थात २०७३ साल पौष मसान्त सम्ममा रु.८ अर्ब ८६ करोड ५७ लाखको जीवनबीमा कोष र रु.८ अर्ब ६६ करोड २२ लाख लगानी तथा कर्जामा रहेकोे छ । त्यस्तै गरी कम्पनीले चालु आ.व. को फाल्गुण मसान्त सम्ममा कूल रु.१ अर्ब ३९ करोड १२ लाख बीमा शुल्क आर्जन गरीसकेको छ । कम्पनीले पूर्व मेची देखि पश्चिम महाकाली सम्म २३ वटा शाखा तथा ७२ वटा उपशाखाहरुबाट करिब १२ हजार सक्रिय अभिकर्ताहरुको संजाल मार्फत बीमा सेवा प्रदान गर्दै आईरहेको छ । 

२०७२ साल बैशाख १२ र २९ गते गएको बिनाशकारी महाभुकम्पमा परी दिवंगत भएका यस कम्पनीका बीमीतहरु मध्ये  मिति २०७३ पौष मसान्त सम्म दावी संख्या ६६को शत प्रतिशतले दावी भुक्तानी रु.८१ लाख ५२ हजार तीन सय बयालीस निजका आश्रित तथा ईच्छाएको हकवालालाई गरी सकिएको छ ।


कम्पनीले हाल सम्म बालबालिकालाई लक्षित गरी बाल उमंग तथा बाल भविष्य बीमा योजना, सबैको हातमा पेन्सन भन्ने नारा सहित पेन्सन बीमा योजना, एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, सुखी जीवन बीमा योजना, जीवन रत्न (सिमित भुक्तानी सावधिक) जीवनबीमा योजना, पती पत्नीको लागि संयुक्त सावधिक जीवन बीमा योजना (Joint Life Plan) तथा धन समृद्धि आदि जस्ता योजनाहरु प्रचलनमा ल्याएको छ । आगामी दिनहरु मा नेपालको ७५ जिल्लाको अधिकांश गाँउहरुमा समेत जीवन बीमाको पहुँच पु¥याई सर्वसुलभ बीमा सेवा प्रदान गर्ने तथा समय सापेक्ष र आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved