३० मिनेटमै २ पटक सर्किट लागेको बजारमा कसरि भयो यु टर्न ?

३० मिनेटमै २
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 03, 2017 | 11:18:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समूहका कारण सेयर बजारमा आएको उछालले सोमबारको कारोबारमा समेत निरन्तरता पाएको छ। कारोबार सुरु भएको १२ मिनेटमै ३ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको नेप्से ६ दशमलब ५९ अंकको करेक्सन सहित १६६० दशमलब ५२ को बिन्दुमा पुगेको छ । 

केहि दिन अघि तुलनात्मक रुपमा सस्तोमा बीमा कम्पनीको सेयर उठाउनेहरुले छोटो समयमै नाफा बुक गर्न खोजेपछि बढेको सेलिंग प्रेसरले नेप्से केहि करेक्सन भएर बन्द भएको छ। 

सोमबार कारोबारमा आएका १४४ कम्पनीका ४३ लाख ३२ हजार सेयर खरिद बिक्रि मार्फत २ अर्ब ५३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ। जसमा सबै भन्दा बढी कारोबार हुनेमा बाणिज्य बैंकनै अग्रस्थानमा रहेका छन। 

सोमबारको कारोबारमा चैत २९ लाई बुक क्लोज गरेको नेपाल बैंकको मात्रै १३ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल कमर्श बैंक, लुम्बिनी जेनेरल इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स , सानिमा बैंक रहेका छन। 

आजको कारोबारमा बढी कमाई गर्ने कम्पनीहरु: 

आजको कारोबारमा बढी गुमाउने कम्पनीहरु: 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved