मन्जुश्री फाइनान्सले १० लाख ४ हजार ९० कित्ता सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। इच्छुक बोलकबोल दाताले चैत २८ देखि बैशाख ५ सम्म आबेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटलले जनाएको छ।
लिलाम बढाबढमा बिक्रि गर्न राखिएको हकप्रदमा साधारण तर्फ ६९ हजार १६ कित्ता र संस्थापक तर्फ ९ लाख ३५ हजार ७४ कित्ता रहेको छ। इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक एस क्यापिटलमा बैशाख ५ गते बैंकिङ समय सम्म (३ बजे सम्म) आवेदन पेश गर्नु पर्ने छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक एस क्यापिटलको कार्यलयमा बैशाख ६ मा ३ बजे खोलिने छ।
बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० के भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले बैंकले लिलाममा राखेको हकप्रद पाउने छन।
त्यस्तै इच्छुक बोलकबोल दाताले एस क्यापिटलको एस डेभलपमेन्ट बैंकमा रहेको खाता नम्बर ००११०४३९०१सीए१ मा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। साथै एस क्यापिटल लिमिटेडको नाममा गुड फर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिने छ।
मन्जुश्रीले गत माघ ६ देखि फागुन ११ सम्म १७५ शतप्रतिशत हकप्रद बिक्रि खुला गर्दा सर्वसाधारण तथा संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरि बिक्रि गर्न लागेको हो। त्यो बेला मन्जुश्रीले प्रति कित्ता १ सय रुपैयाँका दरले ४३ करोड ८६ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको ४३ लाख ८६ हजार ३ सय ७५ कित्ता हकप्रद बिक्रि खुला गरेको थियो।
१४ प्रतिशत बोनस शेयर र १७५ प्रतिशत हकप्रद वितरणपछि फाइनान्सको चुक्ता पुंजी करिब ७३ करोड रुपैयाँ हाराहारी पुग्ने छ। चालु आर्थिक बर्षको यस अवधिसम्म फाइनान्सले ३ अर्ब ३५ करोड निक्षेप संकलन गारी ३ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ।
गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत बोनस सेयर वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी २८ करोड ५७ लाख रुपैयाँ पुगेको छ। फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।