सगुनको मिनी आइपीओमा ३१ करोड बढीको आबेदन, ३ महिना भित्र मोबाइल एप बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 07, 2017 | 08:52:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सगुनको स्वामित्वको सेयर बिक्रि कार्यक्रम बन्द गरिएको छ। फेब्रुअरी ९, २०१७ देखि पहिलो चरणमा सर्वसाधारणका लागि खुला गरिएको सगुनको स्वामित्वको सेयर बिक्रि कार्यक्रम मार्च ३०, २०१७ देखि बन्द गरिएको कम्पनीले जनाएको छ। 

पहिलो चरणमा सर्वसाधारणका लागि खुला गरिएको सगुनको सेयरमा विभिन्न ६१ देशका ३ हजार ४ सय ४६ आवेदकबाट ३१ लाख ६ हजार ६ सय ४५ अमेरिकी डलर अर्थात ३१ करोड रुपैयाँ भन्दा बढीको प्रतिबद्दता प्राप्त भएको छ। उक्त प्रतिबद्दता वापतको रकम सगुनको खातामा आउने क्रम जारि रहेको कम्पनीका संस्थापक गोबिन्द गिरिले जनाएका छन्। 

विदेशमा रहेका नेपालीहरुलाई प्राथमिकतामा राखेर निष्काशन गरिएको सगुनको मिनी आइपीओमा परेको आबेदन उत्साहकजनक रहेको कम्पनीको भनाई रहेको छ। 

नेपालीहरुलाई प्राथमिकतामा राखेर बिक्रि खुला गरिएको यस प्रकारको मिनी आइपीओ इतिहासमै पहिलोपटक हो। जब्स एक्ट २०१२, रेगुलेशन ए प्लस अर्थात मिनी आइपिओं मार्फत सेयर बिक्रि खुला गरिएको अमेरिकी कम्पनीहरु मध्य लगानीकर्ताको संख्या धेरै हुने कम्पनीहरुको सुचिमा सगुनले पनि आफ्नो स्थान सुरक्षित गरेको कम्पनीको दाबी छ।

अबको दोस्रो चरणको सेयर बिक्रिको जिम्मा अमेरिकाको बुस्टेड सेक्युरिटीज एलएलसीले लिएको सगुनले जनाएको छ। बुस्टेड सेक्युरिटीज एलएलसी अमेरिकामा लामो समय देखी यस सम्बन्धि काम गर्दै आएको उसले जनाएको छ। 

पहिलो चरणमा लगानी गर्न नपाएका अमेरिकाका टेक्सास, एरिजोना, फ्लोरिडा लगायतका विश्वका अन्य भागहरुबाट छुट्न गएकाले यस ब्रोकर मार्फत सगुनको मिनी आइपिओ खरिद गर्न सक्ने बताइएको छ । सेयर बिक्रिको सम्पूर्ण जिम्मा उक्त ब्रोकरले लिएकाले लगानी गर्नु पर्ने न्युनतम रकम, सेयर संख्या , सेयर बिक्रि खुला र बन्द मिति पनि ब्रोकरले नै निर्धारण गर्ने सगुनले जनाएको छ। 

त्यस्तै सगुनको मिनी आइपीओ खरिद प्रक्रियामा वायर ट्रान्सफर गर्दा रकम पठाइदिने बैंकले लिने शुल्क सम्बन्धित लगानीकर्ताबाट नै असुल गरिसकेको हुने र यता रकम प्राप्त गर्ने बैंकले लिने शुल्क लगानीकर्ताले सेयरका लागि पठाएको रकमबाटै काट्ने भएकाले बैंकमा लाग्ने शुल्क सगुन आफैले बेहोर्ने गरेको उसले जनाएको छ। यसरि लगानीकर्ताले जति कित्ता सेयरका लागि वायर ट्रान्सफर मार्फत रकम तिरेका छन, उनीहरुले त्यति नै कित्ता प्राप्त गर्न सक्ने छन। 

सगुनको मोबाइल एप र अन्य योजना 
अबको ३ महिना भित्र सगुनले मोबाइल एफ निकाल्ने भएको छ। त्यसको साथमा सगुनको मुख्य आकर्षणको रुपमा रहेको सोसियल स्मार्ट कार्ड २०१७ को अन्त्यसम्म बजारमा ल्याइसक्ने उसले जनाएको छ। यसका साथ साथै पाइपलाइनमा रहेका सगुनका अन्य प्रोडक्टहरु बिस्तारै बिस्तारै समय अनुकुल बजारमा सार्वजनिक गरिने जनाइएको छ। 

    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved