अभिनेत्री दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्का पन्जा’को ट्रेलर सार्बजनिक भएको छ । हास्यकलाकारले भरिपूर्ण चलचित्रको ट्रेलर पनि हसाउने खालको छ ।
दीपकराज गिरी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्रमा जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, वुद्धी तामाङ, वर्षा राउत , नम्रता सापकोटा लगायतका हास्यव्यंग्य कलाकार छन् ।
ट्रेलरमा हास्यप्रधान संवादहरुको प्रयोग गरिएको छ । चलचित्रले देशको परिस्थिति, माया प्रेम, गरिबी, बेरोजगारी जस्ता बिषयलाई उठान गरेको छ । भदौ २४ गतेबाट रिलिज हुने चलचित्र आमा सरस्वती गीता देवी फिल्मसको ब्यानरमा बनेको हो ।
हेर्नुस ट्रेलर ।