केहि दिनदेखि हराएका शिक्षक मृत फेला

रासस

रासस

Jun 21, 2017 | 07:06:30 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्वतको कुस्मा नगरपालिका– १ पाङ घर भई कटुवाचौपारीस्थित आइबल एकेडेमी बोर्डिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेलको शव १५ दिनपछि कालीगण्डकी नदीको किनारमा फेला परेको छ । बाग्लुङको जैमिनी गाउँपालिकाको बेल बगरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बीस वर्षीय शिक्षक पौडेलले विगत एक महिनादेखि विद्यालयमा पढाउन सुरु गरेका थिए । विद्यालयमा विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले विद्यालय नआउन भनेका पौडेल एकाएक हराएपछि घटना रहस्यमय बनेको थियो । 

गत जेठ २४ गतेदेखि बेपत्ता भएका शिक्षक पौडेल अन्तिमपटक २५ गतेसम्म परिवारको सम्पर्कमा रहेको भए पनि त्यसपछि उनी सम्पर्कविहीन भएका थिए । २७ गतेदेखि प्रहरीमा परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी सुरु गरेको प्रहरी निरीक्षक मधुकरजङग विष्टले जानकारी दिए । मङ्गलबार पौडेलका परिवारले शवको पहिचान गरेपछि आज शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको विष्टले बताए। उनको के कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved