‘माओवादीकै नेतृत्वमा मुलुकमा आमुल परिवर्तन’

रासस

रासस

Jun 25, 2017 | 09:30:19 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री जनार्दन शर्माले नेकपा (ओवादी केन्द्र)कै नेतृत्वमा मुलुकमा आमुल परिवर्तन भएको बताएका छन्। तुलसीपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले समानुपातिक, समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता, अग्रगामी संविधान माओवादी केन्द्रकै नेतृत्वमा प्राप्त भएको बताएका छन् । माओवादीले अलगअलग पृष्ठभूमि बोकेका दललाई एकै स्थानमा ल्याएर सहमतिका साथ नयाँ संविधान जारी गरेको बताउँदै मन्त्री शर्माले मुलुकको समृद्धि अबको लक्ष्य भएको प्रष्ट्याएका छन् । 

मुलुकको समृद्धि माओवादीबाट मात्र सम्भव भएको दाबी गर्दैै उनले दाङलाई प्रदेश नं ५ को केन्द्र बनाउन आफूले प्रस्ताव गरको र त्यसलाई कसैले रोक्न नसक्ने बताए । गृहमन्त्री शर्माले शान्ति सुरक्षा सुदृढ बनाइएकाले निर्धक्क भएर निर्वाचनमा सहभागी भई मतदान गर्न सबै मतदातालाई आह्वान गरे । रासस 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved