रामहरी खतिवडाले फिर्ता गरे रातोपासपोर्ट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 02:38:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले आफुले लिएको कुटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन । सांसद सुविधा पाएको कुटनीतिक राहदानी सांसद स्वतः विगठन भएपछि आफुले नैतिकताका आधारमा राहदानी फिर्ता गरेको खतिवडाले बताएका छन ।

कुटनीतिक राहदानी दुरुपयोग भइरहेको अवस्थामा खतिवडाले इमान्दारीका साथ राहदानी फिर्ता गरेर उदाहरीय काम गरेका छन । यसरी राहदानी फिर्ता गर्ने मध्ये पहिलो व्यक्ति खतिवडा बनेका छन । खतिवडाले व्यवस्थापिका संसदको  अन्तर्राष्ट्रिय सम्पर्क एवं समन्वय समितिमा राहदानी बुझाएका हुन ।

संसदको अन्तर्राष्टिय सम्पर्क एवं समन्वय समितिमा अहिलेसम्म ११ जना सांसदहरुले राहदानी बुझाएको उपसचिव रेखा उपाध्यायले बताइन । उपाध्ययका अनुसार कतिपय सांसदहरुले सिधै परराष्ट्र  मन्त्रालयमा गएर बुझाउने बताएका छन । समितिमा बुझाएपनि राहदानी क्यान्सिलेशन भने परराष्ट मन्त्रालयले नै गर्ने उपसचिव उपाध्ययले बताइन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved