काठमाडौंको सिंहदरबारमा चोक नजिकै भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । आज सोमबार बिहान ७ बजे बा २ ज २३४४ नम्बरको ट्याक्सीले बा ३३ प ७४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक रुप घलेकोको मृत्यु भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएका धादिङ्ग रुवीभ्याली २ का २१ बर्षीय घलेको ऊपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । ट्याक्सी सहित चालकललाई महानगरिय प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएको छ ।