त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले गत असोज २८ गते लिएको एमबीबीएसको प्रवेश परीक्षा रद्द गरेको छ । त्रि.वी. कार्यकारी परिषद्को वैठकले दिएको निर्देशनको आधारमा परीक्षा रद्द गर्ने निर्णय गरेको आईओएमले जनाएको छ ।
आईओएमले प्रवेश परीक्षाको नयाँ मितिबारे आईओएमको वेभसाइटमार्फत जानकारी दिइने जनाएको छ ।
त्यस परीक्षामा केही विद्यार्थीहरुले इलेक्ट्रोनिक डीभाइसमार्फत चिट चोरेको पाइएको थियो ।