समानुपातिकमा एमाले कांग्रेसबीच कडा टक्कर, ५ दल बाहेक सबैल 'रिङ आउट' (अपडेट)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 08:36:54 AM मा प्रकाशित

laxmi  sunrise bank

समानुपातिकमा एमाले-कांग्रेसको टक्कर जारी छ। पछिल्लो मत परिणाम (बिहिबार १०:०० बजेको अपडेट) अनुसार नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ। 

पछिल्लो मतगणना अनुसार एमाले-कांग्रेसको मतान्तर ८८ हजार १०५ मतको छ | जुन समानुपातिक मत परिणामको आधारमा सिट संख्याको हिसाबमा १ सिट मात्र बढी हुन सक्ने मतान्तर हो | यस्तो अवस्थामा एमालेले ४२ सिट पाउँदा कांग्रेसले ४१ सिट पाउने स्थिति हुन्छ | दुवै दलको २५ लाख भन्दा बढी मत परिणाम हेर्दा मतान्तरमा ८८ हजार १०५ त्यति धेरै अन्तर होइन | 

एमालेले २६ लाख ११ हजार ३७१ मत प्राप्त गरेको छ भने कांग्रेसले २५ लाख २३ हजार २६६ मत प्राप्त गरेको देखिन्छ | कुल गनिएको मत अनुसार क्रमश एमाले र कांग्रेसको मत प्रतिशतमा करिव ३४.२५% र ३३.१२% हो | त्यस्तै माओवादी केन्द्रको अहिलेसम्मको मत १० लाख ३१ हजार ४२८ छ | उसको प्रतिशत कुल मतको करिव १३.५९% हो | थ्रेसहोल्ड नकटेका दलको मतको मान्यता नहुने भएकाले समानुपातिकमा सिट निर्धारणमा यो प्रतिशत केहि फरक पर्नेछ। 

(आंकलन) कुन दलले कति सिट पाउने स्थिति देखिन्छ ? 

मत गणना जारी छ | अझै पनि २८ लाखको हाराहारीमा मत गणना बाँकी रहँदा दलले अब गनिने मतमा आफ्नो मत प्रतिशत बढाउन वा घटाउन सक्छन र त्यसकै आधारमा सिट संख्या पनि घट/बढ हुने देखिन्छ तर अहिले सम्म्मको अनुमानित प्रतिशत र दलले पाउने सिटलाई आंकलन गर्न सकिन्छ | 

नेपाल कम्युनिष्ट पार्टी (एमाले): २६२५१४३ (४२ सिट) 

नेपाली काँग्रेस: २५३८१४२ (४१ सिट) 

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: १०४१९१८ (१७ सिट) - 

संघीय समाजवादी फोरम, नेपाल: ३५००९८ (६ सिट)

राष्ट्रिय जनता पार्टी नेपाल: २९५४२० (४ सिट)


५ दल बाहेक सबै दल 'रिङ आउट' !

५ दल बाहेक ३% थ्रेसहोल्ड नपुगेका सबै प्रतिनिधि सभा समानुपातिक सिटबाट बन्चित हुने अवस्थामा पुगेका छन| सुरुवातदेखिकै स्थिति समान बन्दा ५ दलबाहेक अरुको थ्रेसहोल्ड कटाउने सम्भावना न्यून हुँदै गएको छ | 

यी दलहरुको मत बढ्दै गएपनि थ्रेसहोल्ड पनि नपुग्ने अवस्थामा पुगेका छन। राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म २।३० प्रतिशत मात्र मत प्राप्त गरेको छ भने विवेकशीलको स्थिति पनि राप्रपाको जस्तै छ। अहिलेकै अवस्थामा अगाडी बढे यी दुवै दलले समेत थ्रेसहोल्ड कटाउने सम्भावना न्यून छ।   

राष्ट्रिय प्रजातन्त्र पार्टी: १७५३४८ 

विवेकशील साझा पार्टी: १७३७५४ 

नयाँ शक्ति पार्टी, नेपाल: ६९१३८ 

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ६३८३२ 

नेपाल मजदुर किसान पार्टी: ५०३६९ 

अन्य: 280613

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved