४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सिभिल बैंकका एक कर्मचारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिभिल बैंकको बौद्ध शाखामा कार्यरत अप्रेसन इन्चार्ज महेश्वर डंगोललाई रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।
डंगोलले पहिले सिभिल बैंकमै रहेको आफ्नो खातामा रकम सारेका थिए । त्यसपछि उनले सिभिल बैंकको आफ्नो खाताबाट सनराइज बैंकमा रहेको आफ्नै खाता र केही आफन्तको खातामा ट्रान्सफर गरेका थिए ।
उनलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको छ।