दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय, गणेश लामा सहित ४ जनाले पाए सफाइ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 04:58:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको छ। अदालतले मनाङ्गेलाई ज्यान मुद्दामा ५ बर्ष जेल सजाय सुनाएको छ भने गणेश लामा सहित चार जनालाई सफाई दिएको छ।

तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सर्वोच्चले मंगलबार सदर गर्दै मनाङ्गेलाई ५ बर्ष जेल सजाय सुनाएको हो। मनाङ्गे सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन्।

न्यायाधीशद्धय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनको आदेशलाई सदर गर्दे उक्त फैसला सुनाएको हो ।

मनाङको प्रदेशसभा सदस्य खारेज हुनुका साथै सजाय भुक्तान गर्न मनाङे अब काराबास बस्नुपर्ने भएको छ। अरुलाई पनि जेल सजायको माग गर्दै सरकारी वकिलको कार्यालय सर्वोच्च गएको थियो तर अदालतले गणेश लामा सहित रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाई दिएको हो।       


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved