रित्तै फर्कियो नवराज सिलवाललाई खोज्न भट्टेडाँडामा गएको १६५ जनाको जम्बो प्रहरी फौज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2018 | 11:42:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एमाले सांसद एवं पूर्व डिआईजी नवराज सिलवाललाई खोज्न ललितपुरको भट्टेडाँडा पुगेको प्रहरी टोली रित्तै फर्किएको छ । सिलवाललाई खोज्न महानगरीय प्रहरी कार्यालयले आईतबार बिहान डिएसपी नहकुल पोखरेलको कमाण्डमा १५० जनाको प्रहरी फौज भट्टेडाँडा पठाएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले थप १५ जनाको सपोर्ट फोर्स पठाएपछि १६५ जनाको टोलीले सिलवालको खोजि गरेको थियो । 

सिलवाल त्यहाँ फेला नपरेपछि टोली फर्किएको छ । सिलवालले केहि दिन अघि एक अनलाईनलाई  अन्तर्वार्ता दिँदा आफु भट्टेडाँडामा प्रहरीहरुसँगै रहेको बताएका थिए । सोहिको आधारमा प्रहरीले आज उनलाई खोजि गरेको हो । 

 कार्यसम्पादन मुल्यांकन किर्ते गरेको आरोपमा प्रहरीले सिलवाललाई छानविनको खोजि गरिरहेको हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved