सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ । मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो ।
जस अनुसार प्रदेश १ मा कामु सचिव यादव कोइरालालाई कामु प्रमुखसचिवको रुपमा खटाईएको छ । प्रदेश २ मा धनकुटामा क्षेत्रीय प्रशासक रहेका राजेश्वरमान सिंहलाई खटाइएको छ ।
त्यस्तै ३ नम्बर प्रदेशमा रेश्मीराज पाण्डे, ४ नम्बरमा लक्ष्मण अर्याल, ५ नम्बरमा शंकर पाठक, ६ नम्बरमा सुरेश प्रधान र ७ नम्बरमा लक्ष्मीराज पौडेल प्रमुख सचिव तोकिएका छन् ।