सुमार्गीले विदेशबाट स्रोत नखुलाई ल्याईएको भनिएको साढे तीन अर्ब रोक्का नगर्न सर्बोच्चको आदेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 03:53:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीले विदेशबाट ल्याएको रकम रोक्का नगर्न नेपाल राष्ट्र बैंकको नाममा अन्तरिक आदेश जारि गरेको छ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुमार्गीले चाहेको बेला रमक निकाल्न दिन अन्तरिम आदेश दिएको हो।   नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले रकम निकाल्न पाउनुपर्ने माग गर्दै आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए। रिटमा सुनुवाई गर्दै अदालतले  नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकमा रोकिएको करिव साढे तीन अर्ब रुपैयाँ भुक्तानी गर्ने बाटो खुलाइ दिएको हो।  सम्पत्ति शुद्धीकरण लगायतका विषयमा असर नपर्ने किसिमबाट रकम निकाल्न पाउने गरी अदालतले आदेश दिइको हो ।  

अदालतले बिषयको गम्भिरता हेरी दुबै पक्ष राखी बृहत्तर रुपमा छलफल गर्न उपयुक्त भएको भन्दै अदालतले फागुन २ गते नेपाल राष्ट्र बैंकसहितलाई छलफलको लागि उपस्थित हुन् आदेश दिएको छ । 

विदेशबाट आएको उक्त रकम स्रोत नखुलेको भन्दै उद्योग विभागले रोक्का गर्न राष्ट्र बैंकलाई पत्र लेखेको आधारमा उनको रकम निकासा रोक्का भएको थियो। अदालतले सम्पति शुद्धिकरण र राज्यका अधिकार प्राप्त निकायबाट छानबिन भइरहेको भए त्यसमा वाधा अड्चन नहुने गरी  र सोबाट हुने लाभ समेत विदेश लैजान नपाउने गरी रकम झिक दिन आदेश दिएको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved