अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार कार्यालयहरूमा कडा निगरानी राखिने बताएका छन् । बिहिबार काठमाडौंमा उद्योगी, व्यवसायीहरूसँगको अन्तरक्रियामा उनले भन्सार कार्यालयलाई पारदर्शी बनाउने सरकारी काममा सहयोग गर्न उद्योगी, व्यवसायीहरूलाई आग्रह गरे ।
भन्सार जाँचको कममा हुने हेल्चक्रयाईंको कारण कालोबजारी हुने गरेको भन्दै अर्थमन्त्री खतिवडाले भन्सार केन्द्रहरूमा देखिएका समस्या समाधान गरेर भन्सार जाँचमा कडाई गरिने बताए । उनले भन्सार नाकाबाट हुने कामलाई सजिलो बनाउन सरकारले उचित सुरक्षाको व्यवस्था गर्न लागेको पनि जानकारी दिए ।