संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधान्यायाधीशमा सिफारिश ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसद सचिवालय सिंहदरवारमा बसेको समितिको बैठकले मिश्रको नाम अनुमोदन गरेको हो ।
सुनुवाइ समितिले नाम अनुमोदन गरेसँगै प्रधानन्यायाधीश नियुक्तिका लागि राष्ट्रपतिलाई बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।
सुनुवाइका क्रममा समिति सदस्यहरूले मिश्रसंग अदालतमा हुने ढिलासुस्ती, अनियमितता लगायतका विषयमा प्रश्न गरेका थिए । समितिमा आफ्नो योजना पेश गर्दै कामु प्रधानयायाधीश मिश्रले कार्यकाल छोटो भएपनि अदालतको साख अभिवृद्धिका लागि काम गर्ने बताएका थिए ।
यसअघि परिषद्बाट सर्वोच्चको प्रधानन्यायाधीश सिफारिश दीपकराज जोशीको नाम सुनुवाइ समितिले अस्वीकार गरेको थियो ।