फाइल फोटो
भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायकमा बुधबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
काभ्रेबाट भक्तपुरतर्फ आइरहेको बा ८८ प ८५२ को मोटरसाइललाई सोही दिशाबाट आएको टिपरले ठक्कर दिँदा ती व्यक्तिको मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन ।
राति ८ बजे अगाडि नै टिपर चलाएर दुर्घटना गराएको भन्दै आक्रोशित स्थानीयले टिपरमा आगो लगाएका छन् । आक्रोशित भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । हाल त्यस क्षेत्रको यातायात अबरुद्द भएको छ ।