सिन्धुली दुर्घटना : मृतकको संख्या ३ पुग्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2018 | 04:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको मूलकोट नजिकै रिठ्ठेभिरमा यात्रुबहाक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सुनकोशी गाउँपालिकामा पर्ने रिठ्ठेभीरबाट सुनकोशी नदीमा खसेको हो । 

दुर्घटनामा एक जनाको घटना स्थल मै मृत्यु भएकोमा अन्य २ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा म्र्त्यु भएको हो ।  सिन्धुपाल्चोक सुनकोशीी गाउँपालिका ८ का २८ वर्षका रवि खड्काको घटनास्थलमा नै मृत्यु भएको हो ।  त्यस्तै बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामा र सोही ठाउँमा २३ वर्षका अमित लामाको धुलिखेल अपतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

 दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved