प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टीका ग्रहण गरेका छन। उनले बुवा मोहनप्रसाद ओलीकाे हातबाट टीका ग्रहण गरेका हुन। अाफूले टीका ग्रहण गरेलगत्तै उनले पत्नी राधिका शाक्यलार्इ टीका लगाईदिए।
प्रधानमन्त्री सचिवालयका अनुसार बुवाको हातटबाट टीका लगाएर प्रधानमन्त्री ओलीले दिउँसो १ बजे राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ।सचिवालयका अनुसार २ बजेपछि मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक कर्मचारीलाई प्रधानमन्त्रीले टीका लगाइदिने र अपराह्न तीन बजेदेखि साँझ साढे ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्इक्रम रहेकाे छ । त्यसपछि परिवारका सदस्यहरु र पार्टीका कार्यकर्तालाई समेत उनले टीका लगाइदिने सचिवालय स्रोतले जनाएकाे छ ।
उनले भाेलि एकादशीदेखि चतुर्दशी अर्थात् कात्तिक ६ गतेसम्म विहान ९ देखि ११ बजेसम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई टीका लगाइदिने कार्यक्रम समेत छ ।