प्रहरीले प्रधानमन्त्रीको फोटो बिगारेर सामाजिक संजाल फेसबुकमा पोस्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नंवर ५ गौरिबिसौना देउपुर घर भएका १७ बर्षका कृष्ण ढकाल सेतुलाई पक्राउ गरेको हो ।
उनले आज कुकुर तिहारको दिन प्रधानमन्त्रीको टाँउको कुकुरको टाँउकोमा हालेर फेसबुकमा पोस्ट गरेका थिए । उनलाई आज दिउँसो पक्राउ गरी धुलिखेल ल्याएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीमाथि साइबर क्राइमअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।
उनी देउपुरकै तपेश्वर उच्चमाविमा कक्षा १२ मा अध्ययनरत छन् । उनी नेविसंघको स्थानीय कमिटीमा आवद्ध कार्यकर्ता रहेको खुल्हु आएको प्रहरीले जानकारी दिएको छ ।