नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले अढाइ महिनापछि मूल्य समायोजन गरेको हो । जस अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ प्रतिलिटर घटाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । नयाँ मूल्य सोमबार रातिदेखि लागु हुने निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ थियो ।