राजधानीमा ठुलो परिमाणको नक्कली नोट सहित एक जना पक्राउ परेका छन । नेपाल प्रहरीले राजधानीको टोखा नगरपालिका-१० गणेशस्थानबाट १ हजार दरका नक्कली १ सय ५२ थान नोट बरामद गरेको हो ।
उक्त नगरपालिका गौतम श्रीपालीको घरमा डेरा गरी बस्ने हिक्मत मिया समेत २ जनाको कोठामा नक्कली जाली नोटको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले हिक्मत मियाको कोठामा पलङ मुनी लुकाईछिपाई राखेको नक्कली नेपाली रुपैंया १ हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरको कोठाबाट नक्कली नेपाली रुपैयाँ १ हजार दरका १ सय ४१ थान फेला पारी बरामद गरेको हो । उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद भएको छ । कुँवर पक्राउ परेका छन् भने हिक्मत मिया फरार छन् ।
प्रहरीले मियाँको खोजि कार्य जारि राखेको छ भने पक्राउ परेका कुँवरमाथि आवश्यक अनुसन्धान गरिरहेको छ । ती नोट बजारमा पुगेको हुनसक्ने आशंकामा प्रहरीले सर्वसाधारणलाई हजारको नोटको कारोबार गर्दा सचेत रहन समेत आग्रह गरेको छ।