पश्चिमी वायुको प्रभावले आज सोमबार बाट देशभरीकै मौसम पुन प्रभावित भई झरी पर्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिँदैछ । यसले गर्दा देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनःदोहोरिने भएको हो ।
यस्तो छ बिभागले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान ।
जारी मिति : फाल्गुन ०६ गते (सोमवार) विहान ६:०० बजे
फाल्गुन ०६ गते (सोमवार)
दिउँसो : देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडि भेगहरुमा आंशिक देखि सामान्य बदलिको संभावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। देशको पश्चिमि भू-भागका थोरै स्थानहरु साथै मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमि उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति : देशको पश्चिमि भूभागमा सामान्य देखि पूर्ण वदली रहने तथा मध्य र पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलि रहने देखिन्छ| पश्चिमि भु-भागका केहि स्थानहरु तथा मध्य र पूर्वका १-२ स्थानमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फाल्गुन ०७ गते (मंगलवार)
दिउँसो :देशको पश्चिमि भेगमा सामान्य बदलि रहनेछ भने देशको अन्य भू-भागमा आंशिक बदलि रहने देखिन्छ। पश्चिमि भेगका केहि स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ भने मध्य र पूर्वी पहाडि भेगका १-२ स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति : देशको पहाडी भेगमा आंशिक बदलि रहनेछ भने अन्यत्र मौसम सामान्यतया सफा रहनेछ।
फाल्गुन ०८ गते (बुधबार)
दिउँसो : देशको पश्चिमि भेगमा सामान्य बदलि रहनेछ भने अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमि भेगका केहि स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ भने बाँकी भेगका थोरै स्थानमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यतया बदली रहने देखिन्छ साथै केहि स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षाको संभावना छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।