उर्जा मन्त्री बर्षमान पुनले बैशाख ६ गतेदेखि निष्काशन हुने रसुवागढी र सान्जेंनको आईपिओमा पनि आफुले आवेदन दिने घोषणा गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेन मन्त्री पुनले १ हजार कित्ता शेयरको लागि आवेदन दिने बताएका हुन् ।
जनताको जलविद्युत आयोजना अन्तर्गत यी दुई कम्पनीले आईपिओ निष्काशन गर्न लागेका हुन् । यस अघि त्रिशुली जलविद्युत कम्पनीले यस योजना अन्तर्गत आईपिओ निष्काशन गर्दा मन्त्री पुनले २० कित्ता मात्र शेयर पाएका थिए । अब उनले त्यसलाई १०० कित्ता बनाउने चाहना भएकोले १ हजार कित्ताको लागि आवेदन गर्ने बताएका हुन् ।
साथै उनले सबै मन्त्रीहरुलाई यसमा आवेदन दिनको लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने समेत बताएका छन् । जनताको जलविद्युत योजना अन्तर्गतको पहिलो आईपिओमा प्रधानमन्त्री र उर्जा मन्त्रीले आवेदन दिएका थिए। यस पटक भने अन्य मन्त्रीहरुलाई समेट्ने कोशिस गरिने उनले बताएका हुन् । यी आयोजना १ बर्ष भित्र नै सम्पन्न हुने, १५ देखि १७ प्रतिशत मुनाफा दिने आकर्षक आयोजना रहेकोले उनले सबैलाई यसमा आवेदन दिन आग्रह गरेका छन् ।
पत्रकार सम्मलेनमा उनले पत्रकारहरुलाई पनि आवेदन दिन आग्रह गरेका थिए । २ कम्पनीले सर्वसाधारणलाई कुल १ अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपियाँ बराबरको शेयर निष्काशन गर्न लागेका हुन् ।
यो पनि :
बैशाख ६ देखि सर्वसाधारणको लागि १ अर्ब ५७ करोडको आईपिओ निष्काशन हुदै