भारतको प्रोडक्सन हाउस एंडेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण “बिग बोस नेपाल” सञ्चालन गर्न रोक लगाउदै आईम्याक्सलाइ सुचना जारि गरेको छ। शाइनले आइम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको हो ।
आइम्याक्सले केहि समय अगाडि नेपालमा बिग बोस नेपाल कार्यक्रम लन्च गर्ने पत्रकार भेटघाट कार्यक्रम राखेर घोषणा गरेको थियो । आइम्याक्सले कार्यक्रममा एंडेमोल शाइन ग्रुपसँग सहकार्य गरेर यो संस्करण नेपालमा ल्याएको बताएको थियो ।
विश्वभर बिग बोसकोे अधिकार एंडेमोल शाइन ग्रुपसँग रहेको छ। एंडेमोल शाइनका अनुसार उक्त लाइसेन्स आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रियशनलाइ अहिलेसम्म प्रदान नगरिएको बताएको छ। बिग बोस सो भारतमा नामकरण गरिएको हो र त्यसको ट्रेडमार्क डिभाइस “आखाँ” एंडेमोल शाइन इन्डियाको ट्रेडमार्क हो । आईम्याक्स प्रोडक्सनले प्रयोग गरेको ट्रेडमार्क “आखाँ” बिना कुनै अनुमति बिग बोसको ओर्जिनल ट्रेडमार्कबाट चोरेको छ।
एंडेमोल शाइनले केसीले आफु बिग बोसको लाइसेन्स् होल्डर रहेको पुष्टी गर्न त्यसको फम्र्याटमा बनाएको झुट्टा कागजातहरु हात पारेको बताएको छ । उक्त झुटो कागजातहरुमा एंडेमोल शाइन ग्रुपको सटिफिकेट र सुत्र मोड्लिङ तथा आर्ट क्रीयसन बीचको फ्रयान्चाइज सम्झौता रहेको छ । केसीले एंडेमोल शाइन ग्रुपको सीईओ तथा एंडेमोल शाइन ग्रुपका अन्तर्राष्ट्रिय बिजनेस तर्फको सीईओको नक्कली हस्ताक्षर गरेको बताइएको छ ।
एंडेमोल शाइन ग्रुपले उक्त कागजातहरु झुटो भएको ठहर गरेको छ र कुनै व्यक्ति, फर्म वा कम्पनी एंडेमोल शाइनको फम्र्याट वा ट्रेडमार्कको प्रयोग गरेर कुनै पनि प्रकारको “बिग ब्रदर” जस्ता शो निर्माण, सहभागीता, निर्माण, सञ्चालन गर्छ भने यसको अधिकारहरु तथा बौद्धक सम्पत्तिको उल्लघंन गरेमा यसको जिम्मेवार उनीहरु हुनेछन् र यसको परिणाम पनि उनीहरु स्वयमले बेहोर्नुपर्ने बताएको छ ।